सुजिता भण्डारी मृत्यु प्रकरणमा संलग्नहरु सार्वजनिक नभएसम्म शव नवुझ्ने

श्रोत : ईन्टरनेट

चितवन । पुर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ बर्षिय सुजिता भण्डारीको मृत्यु प्रकरणमा संलग्नहरु सार्वजनिक नभएसम्म शव नवुझ्ने भएको छ ।

नगर प्रमुख, वडाध्यक्षहरु, राजनितिक दल,विभिन्न संघसंस्थाका प्रतिनिधी,स्थानीयवासीसँग परिवारले गरेको छलफलमा सुजिताको शव तत्काल नवुझ्ने अडान लिईएको हो ।

frontline

हिजो भएको छलफलमा उनका परिवारले सवैको सहमतीमा हुने निर्णय स्वीकार्ने वताए पनि उनीहरु सुजिताको शव वुझ्ने मनस्थितीमा रहेको बुझिएको थियो ।

भोलीका दिनमा पनि यस्ता घटनाहरु दोहोरिन सक्ने भएकाले घटनामा सलग्न सवै सार्वजनिक नगरेसम्म शव बुझ्न नहुने स्थानीयले अडान लिएका छन् ।

नगर प्रमुखसहितको उपस्थितीमा भएको छलफलमा स्थानीयले शव वुझ्ने कुरा इन्कार गरेपछि परिवार पनि त्यसमा सहमत भएका छन् ।

घरकै सदस्य वा अत्यन्तै नजिकको आफन्तको पनि संलग्न हुन सक्ने भन्दै स्थानीयले सत्यतथ्य र त्यसमा सलग्नहरु सार्वजनिक गरेर मात्र शव वुझ्नु पर्ने वताएका थिए ।

न्यायकै लागि हामी सडकमै उत्रियौ स्थानीय युवा संजय श्रेष्ठले भने – घटनामा सलग्नहरु सार्वजनिक नभए सम्म शव वुझ्नु हुदैन,एउटालाई हत्या गर्नेले भोली फेरी अर्कोलाई हत्या नगर्ला भन्न सकिन्न ।

राप्ती ३ का वडाध्यक्ष राजकुमार उप्रेतीले परिवारले समसामयिक विषयमा छलफल गर्न वोलाएको होला भनेर गएकोमा शव वुझ्ने,नवुझ्ने भन्ने विषय राखेको वताए ।

छलफलका क्रममा स्थानीयबाट तत्काल शव वुझ्न नहुने भनाई आएपछि सोही अनुसार अघि वढ्ने निष्कर्षमा पुगेका उनले वताए ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले घटनाका विषयमा प्रहरी प्रशासनले परिवारलाई धेरै कुरा जानकारी गराईसकेको दावी गर्दै घटनाका विषयमा सवै प्रष्ट हुनु पुर्ने वताईन् ।

घटनाका विषयमा प्रहरीले छानविन गरिरहेको होला,सत्य कुरा छिट्टै आउनेछ नगर प्रमुख बरालले भनिन् – परिवारले पनि कुरा नलुकाई यथार्थ कुरा वाहिर ल्याउनु पर्छ ।

नगरपालिकाले एउटा चेली गुमाएको भन्दै नगर प्रमुख बरालले घटनामा सलग्न जोसुकैलाई कारवाही गर्नु पर्ने वताईन् ।

सुजिताकी दिदिलाई अपहरण भएको भन्ने आएको फोन र म्यासेजमा कुरा वाझिएपछि प्रहरीले सुजिताकी दिदि कवितालाई पनि पटक पटक वोलाएर अनुसन्धान गरेको छ ।

आज भएको छलफलमा दिदि कविताले सवैको सामु घटनामा आफ्नो हात नरहेको वताईन् । प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेकाले एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने वताएका छन् ।

गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४-५ किलो मिटरको दुरीमा रहेको व्रह्मस्थानी सामुदायिक वनमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here