सुख्खा पहिरो खस्दा एकको मृत्यु, एक जना घाइते

१३ माघ, रसुवा, (नेस) । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानी नजिकै सालासुंगी हाइड्रोपावरको सडक विस्तारका क्रममा सुख्खा पहिरो खस्दा बुधबार एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेका ५५ वर्षका ग्याल्वो छिरिङ तामाङ रहेका छन् ।

frontline

उनको घटनास्थलमै ज्यान गएको हो । घाइते हुनेमा आमाछोदिङमो गाउँपालिका–५ गोङगाङ गाउँका ५४ वर्षका कार्साङ तामाङ रहेका छन् ।

घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here