सिरियाली सीमानजिकै गोली प्रहार, एकको मृत्यु, एकजना घाइते
१५ माघ, जेरुसेलम । इजरायली सेनाले आइतबार सिरियाली सीमानजिकै दुई हतियारधारी व्यक्तिलाई गोली हानेको छ ।
गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अर्को घाइते भएको बताइएको छ ।
इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार दुई व्यक्ति सिरियाबाट सीमा पार गरेर दक्षिणी गोलान हाइट्सको सुरक्षा बारमा पुग्दा उक्त घटना भएको हो।
घटनास्थलमा पठाइएका सैनिकहरूले उनीहरूमाथि गोली प्रहार गरेको र इजरायली सेनातर्फ कुनै हताहत नभएको बताइएको छ ।
सिरियामा इरानी लक्ष्यहरूमा इजरायलले बारम्बार हवाई आक्रमण गर्ने बावजुद इजरायल-सिरियाली सीमा धेरै हदसम्म शान्त रहेको छ।
गोलान हाइट्स एक विवादित क्षेत्र हो जसलाई इजरायलले सन् १९६७ मध्य पूर्व युद्धमा सिरियाबाट कब्जा गरेको थियो र सन् १९८१ मा गाभिएको थियो । यस क्षेत्रलाई अधिकांश अन्तरराष्ट्रिय समुदायले मान्यता दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्