सिरियामाथिको नाकाबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान

२५ माघ, बाग्दात । इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तरराष्ट्रिय सहायता पु¥याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गरेका छन् ।

प्रवक्ता नासेर कनानीले सोमबार अर्ध–आधिकारिक मेहर समाचार एजेन्सीसँगको एक विशेष अन्तरवार्तामा  सो बारे टिप्पणी गरेका छन् ।

frontline

टर्की र सिरियाली सरकार जनताप्रति सहानुभूति व्यक्त गर्दै कनानीले आफ्नो देश प्रभावित दुई देशहरूमा उद्धार र चिकित्सा सहायता पठाउन तत्पर रहेको बताएका छन् ।

विगत नौ वर्षभन्दा बढी समयदेखि सिरियाले द्वन्द्वको सामना गरिरहेको छ । यसैबीच प्रवक्ताले अन्य देशहरूलाई अरब राज्यको घेराबन्दी हटाउन संयुक्त राज्य अमेरिकालाई दबाब दिन र अन्तरराष्ट्रिय मानवीय सहायता पुर्‍याउन आग्रह गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले सिरियाविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको छ जसका कारण त्यहाँ आवश्यक सामान र अन्तरराष्ट्रिय मानवीय सहायता पठाउन कठिन भएको बताएका छन् ।

टर्किको छिमेकी सिरियामा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण  करिब ८ हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here