सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती

पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । 
सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू  ३९,८९,०४,३५० र पुँजीगततर्फ रु. १८,१७,६६,०००/-  छुट्याइएको छ ।
गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । उपाध्यक्ष गोमा शर्मा ( रेग्मी )ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् ।

सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ-आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् ।

frontline

सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र  शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड   विनियोजन गर्दै  विशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

पालिकाले आगामी वर्ष दीर्घ रोगी (सुगर ,प्रेसर र क्षारे रोगका बिरामी)हरुलाई निशुल्क औषधि बितरण , उपाध्यक्ष साहारा बिहीन कार्यक्रम , पत्रेढुगां विस्थापन गर्ने गरि बजेट ल्याइएको उपप्रमुख पोख्रेलले जानकारी दिइन्। यस्तै, लिफ्ट खानेपानीमा ८० प्रतिशत विद्युत महशुल भुक्तानी गर्ने गरि बजेट विनियोजन भएको छ । 

गाउँपालिकाले डाक्टर , ईन्जिनियर पढ्ने बिद्यार्थीलाई दिदै आएको छात्रवृत्तिलाई निरन्तरता दिएको छ । पालिका भित्रका दलित विद्यार्थीहरुलाई साधरण विज्ञान विषय अध्ययनको लागी ५० प्रतिशत छात्रवृत्ति पालिकाले सहयोग गर्ने गरि बजेट विनियोजन भएको छ । 

सभाको पहिलो बैठकमा उठेका प्रश्नहरुको पालिकाका प्रवक्ता तिलक र कार्यपालिका सदस्य लिलाबहादुर बि.कले जवाफ दिदै सभामा उठेका विषयहरुलाई गाउँ कार्यपालिकाले गम्भीर रुपमा लिएको भन्दै उठान भएका विषयहरुलाई समेटेर बजेट आएको बताएका थिए।  

पालिका उपाध्यक्ष दीपा पोख्रेलले पेश गरेको विनियोजन विधेयकलाई दफावार छलफलको लागी विधान समितिमा पढाउन सभाका सदस्यहरु सुमित्रा परियार , बलबहादुर हौजाली , कुलराज खनाल , हुमबहादुर महत र धनेश्वर पन्थीले माग गरेका थिए। उक्त विधेयकलाई दफाबार छलफलको लागी विद्यायन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । सभाको बैठक अर्को सूचना जारी नभए सम्मको लागी स्थगित भएको सभाका सचिब सुरेश भुसालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here