सिमकोट बजारका विभिन्न चोक तथा ढलको सरसफाइ गरिदिए एक विदेशी नागरिकले

२९ फागुन, हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार क्षेत्रका विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन् ।
बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन् ।




उनले भने, “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ । ” उनले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत गरेका थिए ।
उनले तीन दिन लगाएर सरसफाइ गरेका हुन् । सफाइ गर्ने औजार पनि आफैँले किनेका थिए र तीनधारामा भने तीनजना अन्य स्थानीयवासीले पनि सहयोग गरेका थिए ।
सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका हुन् । सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।
प्रतिक्रिया दिनुहोस्