सिभिल हस्पिटलमा अब अनलाइनबाटै डक्टरको समय लिन सकिने

२७ कार्तिक, काठमाडौं । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अनलाइनबाटै डक्टरको समय लिन सकिने भएको छ ।

यसका लागि हस्पिटलले मिदास टेक्नोलोजीको प्राविधिक सहयोगमा सिभिल सर्भिस हस्पिटल अफ नेपाल – बुक अपोइन्टमेन्ट नामक माेबाइल एप सञ्चालनमा ल्याएको छ ।

frontline

हस्पिटलमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

यसअघि प्रभु पेबाट सिभिल हस्पिटलमा अनलाइन टिकेट खरिद गर्ने व्यवस्था थियो । अब भने सेवाग्राहीलाई थप व्यवस्थित सेवा दिने उद्देश्यसहित हस्पिटलकै नयाँ एप सञ्चालनमा आएको हो ।

अंग्रेजी र नेपाली दुवै भाषामा चलाउन सकिने यस एपमा प्रयाेगकर्ताले सजिलै रजिस्ट्रेसन गरी आफू वा परिवार र साथीभाइका लागि अपोइन्टमेन्ट बुक गर्न सकिने र ई-बैंकिङ, माेबाइल बैंकिङ, खल्ती, कनेक्ट आईपीएस, एससीटी लगायतबाट शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।

साथै एपबाट आफ्ना मेडिकल रेकर्डमा पहुँच राख्न र जुनसुकै बेला प्रयोग गर्न सकिने बताइएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ ।

एपमा हाल अस्पतालका १६ वटा विभागको सेवा अनलाइनबाट बुक गर्न मिल्ने बनाइएको छ ।

प्रयोगकर्ताले विभागमा उपलब्ध डक्टरको सूची हेरी आफूले चाहेको डक्टर र समय एपबाटै बुक गर्न सक्नेछन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here