क्रिकेटरलाई गरेको कारवाहीप्रति सिप्यानको असन्तुष्टि

५ पुस, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले क्रिकेटरहरुलाई गरेको कारवाहीप्रति असन्तुष्टि जनाएको छ ।

मनिषराज पाण्डे अध्यक्ष रहेको र पारस खड्का महासचिव रहेको सिप्यानले संयुक्त विज्ञप्ति जारी गर्दै गर्दै उक्त कदमप्रति असन्तुष्टि जनाएका हुन् ।

frontline

सिप्यानले एक बिज्ञप्ति जारी गर्दै खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध बताएको छ ।

खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुपर्नेमा उल्टै उनीहरुलाई कारबाही गरिएकोमा सिप्यानको ध्यानाकर्षण भएको बिज्ञप्तिमा भनिएको छ ।

‘खेलाडीहरुले आफ्ना भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा ती मागहरुको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरु माथि नै गरिएका कारबाहीहरुले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ,’ बिज्ञप्तिमा भनिएको छ ।

वर्गिकरण्मा असन्तुष्टि जनाएको भन्दै गएको मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले चार क्रिकेटरहरुलाई कारवाही गरेको थियो ।

कारवाही पर्नेमा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here