सिन्धुलीको अक्करे भीरमा पहिरोका कारण यात्रुलाई सास्ती

सान्केतिक तस्बिर

२९ साउन, सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउपालिका–६ हैबारस्थित अक्करे भीरका कारण वर्षाको समयमा यात्रुलाई सास्ती हुने गरेको छ ।

प्रत्येक वर्ष वर्षायाममा अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध हुने गरेका कारण सिन्धुली लगायत रामेछाप, खोटाङ, ओखलढुङगा, सोलुखुम्बु र भोजपुरका यात्रुले सास्ती खेप्नु परेको हो ।

frontline

अक्करे भीरमा वर्षामा मात्र नभई हिउँदाको समयमा समेत सुख्खा पहिरो जाने गरेको वर्षौं भइसक्दा पनि दीर्घकालीन समाधानका लागि कुनै पनि निकायले चासो नदिएको ग्वाल्टारका भिमबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here