सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । बिहीबार दिउँसो गएको पहिरोले स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

दिउँसो सवा २ बजे पुतलीबजार नगरपालिका- ४ गौतमडाँडास्थित सिद्धार्थ राजमार्गमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

frontline

सो क्षेत्रमा अविरल वर्षाका कारण पहिरो गई राजमार्ग अवरुद्ध भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन पुतलीबजार नगरपालिका र सडक विभागसँगको सहकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here