सिड्नीमा संकटकाल घोषणा

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।

कोरोनाभाइरसका संक्रमितहरु थपिएसँगै न्यु साउथ वेल्स राज्य सरकारले महामारी न्युनिकरणका लागि शुक्रबार संकटकाल घोषणा गरेको हो।

frontline

महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको न्युसाउथवेल्स राज्यकी प्रीमियर ग्लाडिस बेरिजिक्लियनले बताइन्।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु हुनुका साथै राज्यभर १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ ।

यद्यपी स्वास्थ क्षेत्रमा काम गर्ने डाक्टर तथा कर्मचारी र आकस्मीक सेवामा काम गर्नेबाहेक अन्य कोही पनि घर बाहिर निस्कन नपाउने भएका हुन्।

बेरेजिक्लीयनले राज्यका सवै नागरिकलाई खोपको व्यवस्थापन गर्न आग्रहसमेत गरेकी छन्।

एक महिना अगाडिदेखि लकडाउन जारी रहेको सिड्नीमा मानिसहरूलाई घर बाहिर निस्कन दिइएको छैन।

संक्रमितको संख्या कम गर्न सरकारले ब्याङ्कसटाउन, लिभरपुल, फेयर फील्ड र क्यान्टबरी क्षेत्रका मानिसहरू घर बाहिर निस्कन दिएको छैन।

अत्यावश्यक बाहेकका पसल बन्द छन्,  क्लीक एन्ड कलेक्ट, टेक अवे तथा होम डेलिभरी सेवा भने सञ्चालनमा थिए।

सोमबारदेखि अत्यन्तै जरुरीबाहेकका मर्मत कार्यहरू, सरसफाइ सेवाहरु समेत बन्द थिए। यति हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here