सिंगापुरमा भेटियाे ”एक्सबीबी” नामक कोरोनाको नयाँ सबभेरियन्ट

३० असोज, सिंगापुर । सिंगापुरमा यसैसाता एक्सबीबी नामक नोबल–कोरोनाभाइरसको नयाँ सबभेरियन्ट भेटिएको घोषणा गरिएको छ ।  

एकै दिनमा यस कोभिड–१९ संक्रमितको संख्या दोब्बर भएको छ । सोमबार ४ हजार ७ सयजना मानिसमा एक्सबीबी फेला परेको थियो भने त्यसको भोलिपल्टै सो संख्या ११ हजार ७ सय पुगेको थियो । हङकङमा पनि यही सबभेरियन्ट फेला परिसकेको छ । 

frontline

सार्स–कोभ–२ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुआतमा उच्च गतिमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।

यो विगतका भेरियन्ट र सबभेरियन्ट भन्दा निकै धेरै संक्रमक रहेको बताइएको छ । यसले मोनोक्लोनोल थेरापिबाट प्राप्त हुने एन्टिबडीको पनि बेवास्ता गर्दछ । साथै यसले कोभिड उपचारका लागि प्रयोग हुने संभवत सम्पूर्ण श्रेणीका औषधिहरूलाई पनि प्रभावहीन बनाउँछ । 

स्वास्थ्य सुरक्षाका लागि जोन हप्किन्स सेन्टरका जनस्वास्थ्य विशेषज्ञ अमेश अडाल्जाले द डेली विस्टलाई भनेका छन्, “यसले संभवतः सबैभन्दा बढी मानव शरीरको प्रतिरक्षा छलाउन सक्छ । साथै यसले हालको मोनोक्लोनल एन्टिबडी प्रविधिमा आधारित उपचार र रोकथाम रणनीतिको लागि समस्या सिर्जना गर्दछ । यो निकै नराम्रो खबर हो । तर, खुशीको खबर पनि छ । फाइजर र मोडर्ना कम्पनीका नयाँ ‘वाइभ्यालेन्ट’ बुस्टर खोपले एक्सबीबी विरुद्ध राम्रो काम गर्ने देखिन्छ ।”  

डेली विस्टबाट । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here