सार्वजनिक जग्गामा बनाइएको संरचना हटाउन सिद्धार्थनगरको ३५ दिने अल्टिमेटम

फाइल तस्बिर

२९ मंसिर, भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सार्वजनिक तथा सामुदायिक सम्पत्ति बनाइएको संरचना हटाउन आग्रह गरेको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकिएकोले नगरपालिकाको कार्यालय सार्वजनिक तथा सामुदायिक सम्पत्ति बनाइएको संरचना हटाउन आग्रह गरेको हो ।

frontline

नगर क्षेत्रमा सार्वजनिक सम्पति अतिक्रमण गरेर संरचनाहरु बनाइएको भए त्यस्ता संरचनाहरु हटाउन नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गरेर ३५ दिन अल्टिमेटम दिएको छ ।

‘सार्वजनिक सम्पति अतिक्रमण गरेर बनाइएका संरचनाहरु आफै हटाउनका लागि हामीले सूचना जारी गरेर ३५ दिनको समय दिएका छौं,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि समयावधीभित्र संरचना हटाइएन भने नगरपालिकाको कार्यालयले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउँछ ।’

कार्यालय कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदा हानी नोक्सानी बापतको क्षतिपूर्ति समेत सम्बिन्धत पक्षलाई कानुन बमोजिम भराइने उनले बताए ।
नगरपालिकाले यस अघि सिद्धार्थनगर नगरपालिका‐१ स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु डोजर लगाएर भत्काएको छ ।

सार्वजनिक सम्पत्ति अतिक्रमण गरी बनाइएको वा बनाउँदै गरेमा देखिएमा नगरपालिको कार्यालयलाई जानकारी गराउन समेत कार्यालयले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here