सामाखुसीमा छतबाट खसेर युवकको मृत्यु

२७ भदौ, काठमाडौं । काठमाडौंको सामाखुसीमा छतबाट खसेर २२ वर्षीय युवकको मृत्यु भएको छ।

होस्टल रहेको घरको तेस्रो तला (छत) बाट खसेर गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

frontline

उनी विगत एक वर्षदेखि रामपाल श्रेष्ठले सञ्चालन गरेको क्रिस्टल ब्वाइज होस्टलमा बस्दै आएका थिए।

सोमबार बिहान १० बजे होस्टलको छतबाट अचानक खस्दा गुरूङ गम्भीर घाइते भएका थिए। 

उनको उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

उनी कसरी लडेका थिए भन्ने खुलिसकेको छैन। उनी ब्रिटिस गोरखामा जानका लागि उक्त होस्टलमा बसेर प्रशिक्षण लिँदै थिए।

मृतक गुरुङका परिवारले भने यो घटना शंकास्पद भएको बताएका छन्।

प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here