साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
११ भदौ, काठमाडौं । यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।
प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।
समूह बी मा रहेको नेपालले भदौ २१ गते उद्घाटन खेलमा भुटानसँग खेल्नेछ । प्रशिक्षक थापाले तीन नयाँ खेलाडी प्रतिभावान रहेको र टिमको तयारी राम्रो भएको बताए ।
प्रतियोगिता नजिकिंदै जाँदा नेपाली टिमको कप्तान भने अझै घोषणा गरिएको छैन । यसअघिकी कप्तान रेनुका नगरकोटी घाइते भएर टिममा नहुँदा नयाँ कप्तान बनाउनुपर्ने भएको हो ।
प्रशिक्षक थापाले प्राविधिक कमिटी बसेर केही दिनमा कप्तान चयन गर्ने जानकारी दिए।
नेपाली टिम :
गोलकिपर : एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ
रक्षक : हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक
मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ
प्रतिक्रिया दिनुहोस्