साफ च्याम्पियन : सरकारले नेपाली खेलाडीलाई जनही ३ लाखसहित सम्मान गर्ने

काठमाडौं । साफ महिला च्यापियनसिप–२०२४ मा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई नगदसहित सम्मान गरिने भएको हो । जसअनुसार मुख्य प्रशिक्षकले २ लाख पाउनेछन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउने भएका छन् ।

frontline

बुधबार काठमाडौंको त्रिपरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here