सानिमा लाइफ इन्स्योरेन्सको खुल्यो आइपिओ

बुधबार, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ)को बिक्री आजदेखि खुल्ला भएको छ। कम्पनीको आइपिओमा २४ गतेसम्मआवेदन दिन सकिनेछ। 

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो।

frontline

जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो। कम्पनीको आइपिओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाउने छन्। 

आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। न्यूनतम १० र अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। यसअघि प्रभु, ज्योति, रिलायन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गरेका छन्। अब आइएमई, रिलायबल, सिटिजन, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।

कस्तो छ कम्पनी?
संस्थालाई केयर रेटिङ नेपालले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ। केयर कम्पनीलाई उत्कृष्टताका आधारमा एएएदेखि डीसम्मको रेटिङ प्रदान गर्दछ।

जसमा एएएले सबैभन्दा राम्रो र डीले सबैभन्दा कमजोर स्तर जनाउँछ। सानिमा लाइफले पाएको रेटिङ औसतमा मध्यम राम्रो देखिन्छ। 

कम्पनीको देशका विभिन्न ठाउँमा ११८ वटा शाखा कार्यालय संचालनमा छन्। २०७४ मंसिरदेखि कम्पनी संचालनमा आएको हो। कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेकोमा आइपिओ निष्कासनपश्चात २ अर्ब पुग्नेछ।

चैत मसान्तसम्म २० करोड ६३ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ। चैत मसान्तसम्म १ अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

२०७७/७८ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा रहने अनुमान छ। 

लगत्तै मानुषी लघुवित्तको आइपिओ आउँदै 

सानिमा लाइफ इन्स्याेरेन्सपछि मानुषी लघुवित्तको आइपिओ साउन २७ देखि खुल्ने भएको छ।

कम्पनीको आइपिओमा ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गर्दैछ।

जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। 

यसमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here