सातौ तलाबाट खसेर कामदारको मृत्यु

२५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका –२६ लाजिम्पाटस्थित निर्माणाधिन घरको सातौ तलाबाट खसेर सोही घरमा काम गर्ने एक कामदारको मृत्यु भएको छ । 

दाङ राप्ती गाउँपालिका –२ घर भएका ३७ वर्षीय श्रीपाल चौधरीको मंगलबार घरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

frontline

प्रहरीले घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here