साताको अन्तिम दिन सेयर बजार घटेर बन्द

१९ माघ, काठमाडौं । साताको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । घटेको बजारमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस दिन आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज दिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १७५ रुपैयाँ ३० पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ९२८ रुपैयाँ ९० पैसा कायम भएको छ ।

frontline

यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८० प्रतिशतले घटेको छ । आज यस कम्पनीका सेयरधनीले प्रतिकित्ता ७१ रुपैयाँ गुमाएका छन् ।

यस दिन नेप्से परिसूचक २२.१२ अंक घटेर २०९४.५४ विन्दुमा झरेको छ । २५७ धितोपत्रको ५८ लाख ९८ हजार ९०३ कित्ता दुई अर्ब ९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक २.१७ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here