साझा न्यूनतम कार्यक्रम बनाउन कार्यदलको बैठक बस्दै

फाइल तस्बिर

२० पुस, काठमाडौँ । साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ । सत्ता साझेदार दलले केही दिनभित्रै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्यसका लागि आज कार्यदलको बैठक बस्न लागेको हो । कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । 

frontline

एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएको दावी गरेको छ ।

उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन् । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १ सय ६९ सांसदको समर्थनमा सरकार गठन भएको थियो ।

एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राप्रपा, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here