साझा उम्मेदवार बनाउन नसके पार्टी देउवालाई बुझाए हुन्छ : महामन्त्री डा. कोइराला

२७ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतरबाट साझा उम्मेदवारको खोजी जारी रहेको बताएका छन् । 

पौडेल समूहको शिर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै महामन्त्री कोइरालाले समूहबाट साझा उम्मेदवार खोज्न नसके पार्टी शेरबहादुर देउवाको हातमा पुनः जाने बताए ।

frontline

“एक जना सभापतिको उम्मेदवार नभए फेरि पार्टी शेरबहादुरजी लाई हामीले बुझाए हुन्छ,” उनले भने । १४औँ महाधिवेशनका लागि समूहबाट आफूहरू ४ जना केन्द्रीय सभापतिको आकांक्षी रहेको पनि उनले बताए ।

आजको बैठकमा साझा उम्मेदवार खोज्नुपर्ने विषयमा पनि छलफल भएको कोइरालाको भनाइ छ । उनले ४ जना सभापतिको आकांक्षी एक ठाउँमा राखेर गम्भीर वार्ता गर्ने हो भने सहमति निस्कने संकेत पनि गरे ।

“चार जनालाई एक ठाउँमा राखेर कुरा गर्दा सहमति निस्कन सक्छ, केन्द्रीय कार्यसमिति बैठक पश्चात् त्यो काम होला,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here