साउनमै ६३ अर्बले घट्यो बैंकहरूको निक्षेप

सान्केतिक तस्बिर

९ साउन, काठमाडौं । साउन लागेपछि वाणिज्य बैंकहरुको निक्षेपमा घटेको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप ६ साउनमा आउँदा ६३ अर्बले घटेको छ ।

६ साउनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि घटेको छ ।

frontline

असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी ६ साउनमा आउँदा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।

कर्जा निक्षेप ६ दिनमै नै ६३ अर्बले घट्दा बैंकहरुको सीडी रेसियो ८७.७५ प्रतिशत पुगेको छ । ३२ असारमा ८६.४१ प्रतिशतमा झरेको सीडी रेसियो बैंकिङ प्रणालीबाट निक्षेप घटेसँगै बढ्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here