साउदीमा ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला
४ माघ, दुवई । पुरातत्वविद्हरुले ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका छन् । अष्ट्रेलियाका पुरातत्वविद्हरुले साउदी अरेवियामा ४५ सय वर्ष पुरानो राजमार्ग सञ्जाल फेला पारेका हुन् ।
वेस्टर्न अष्ट्रेलियाको विश्वविद्यालयका अन्वेषक एवम् पुरातत्वविद्हरुले लामो र फराकिलो अनुसन्धानपछि सो राजमार्ग फेला पारेका हुन् ।
सो राजमार्ग संरक्षित रुपमा राखिएको प्राचिन चिहानसँग जोडिएको अन्वेषकहरुले बताएका छन् ।
यसअघि गएको डिसेम्बरमा प्रकाशित एक जर्नलमा अन्वेषकहरुले उत्तर पश्चिमी अरबिया क्षेत्र अल उलामा प्राचीन चिहानहरु फेला पारेको उल्लेख गरेका थिए ।
हाल भने सो चिहानहरुसँग जोडिएको खयबर क्षेत्रमा करिब ४५ सय वर्ष पुरानो राजमार्ग फेला परेको अन्वेषकहरुले बताएका छन् ।
सो क्षेत्रमा आफूहरुले करिब १८ हजार वटा प्राचीन चिहानहरु फेला पारेको पुरातत्वविद्हरुले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्