सांसद र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेपछि स्वतः सकिन्छ : निर्वाचन आयुक्त

फाइल तस्बिर

१९ साउन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभाका सांसद र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेपछि स्वतः सकिने बताएका छन् । 

आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले उम्मेदवारी दिएपछि पद स्वतः सकिएको मानिनुपर्नेमा आयोगको धारणा स्पष्ट रहेको बताएका हुन् ।

frontline

प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन । आउँदो मंसिर २१ गते पदावधि समाप्त हुन्छ भनेर दस्तावेज पठाएका थियौं ।

दसैंलगत्तै उम्मेदवारी दिने योजनामा छौं । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ । ’

सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउन बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने उनले बताए । 

सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप हुनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here