सशस्त्र प्रहरीको प्रवक्तामा डिआईजी मन्दिप श्रेष्ठ

११ कात्तिक, काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) मन्दिप श्रेष्ठलाई दिइएको छ । डिआईजी श्रेष्ठलाई सम्पर्क गर्न मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np रहेको छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी डिआईजी श्रेष्ठलाई दिइएको हो ।

frontline

डिआईजी श्रेष्ठलाई बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजु अर्यालले सोे जिम्मेवारी बुझ-बुझारथ गरेका हुन् ।

त्यसअवसरमा डिआईजी अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती आभार प्रकट गरे ।

डिआईजी अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उनिहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here