सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसमा राजदेवी–९ मा शीतल चौतारी उद्घाटन
सशस्त्र प्रहरी बल,नेपाल रौतहट द्बारा “२५औँ स्थापना दिवस २०८२ (रजत महोत्सवको अवसरमा Quick impact Project (QIP) अन्तर्गत राजदेवी न.पा.९ काली मन्दिरको परिसरमा क्षेत्रमा शितल चौतारीको समुदघाटन कार्यक्रम रहेको थियो ।
यस कार्यक्रममा जिल्ला रौतहट राजदेवी नगरपालिकाका नगरप्रमुख श्री भिखारी प्रसाद यादवको प्रमुख अतिथिको रुपमा रहेका थिए।
भने बिशिष्ट अतिथिको रुपमा सशस्त्र प्रहरी बल,नेपाल नं.११ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक राम हरि अधिकारी तथा अन्य भद्रभलादमीहरु स्थानिय जनप्रतिनिधिहरु लगायत सुरक्षा निकायका पदाधिकारी सहितको उपस्थिति रहेको थियो ।
यस चौतारी उद्बघाटन कार्यक्रममा राजदेवी न पा का नगरप्रमुख श्री भिखारी प्रसाद यादव ज्युले सशस्त्र प्रहरी बलले नागरिकको जिउ धनको सुरक्षा ,बाढिपहिरोमा पिडितको उद्दार देखि सीमामा हुने
बिभिन्न अपराधिक गतिविधि नियन्त्रण गर्दै आईरहेकोमा राजदेवी नगरबासी लगायत हामी सबै खुशी छौ भन्ने कुराको विश्लेषण गरेका थिए।
यस कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल,नेपाल नं.११ गण हे.क्वा.रौतहटले “२५औँ स्थापना दिवसको उपलक्ष्यमा Quick Impact Peoject (QIP)अन्तर्गत शितल चौतारी स्थापना गरि यस स्थानमा स्थानिय बासिन्दाहरुलाई बिश्राम गर्ने एक स्थलको रुपमा चौतारी स्थापना गरेकोले र यसबाट हामी र हाम्रो समाजले लाभ उठाउने र संरक्षण समेत गर्नुपर्ने उनले बताएका छन् ।
बिशिष्ट अतिथिको रुपमा रहनु भएको सशस्त्र प्रहरी बल,नेपाल रौतहटका गणपति राम हरि अधिकारी ज्यु द्बारा यो कार्यक्रम सशस्त्र प्रहरी बल,नेपालको “२५औँ स्थापना दिवसको अवसरमा Quick Impact Project (QIP) अन्तर्गत शितल चौतारी स्थापना गर्ने कार्यक्रम रहेको बताउनु भयो यस कार्यक्रममा पाल्नुहुने सम्पुर्ण अतिथिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्