सल्लेरीको होटलमा एक ब्यक्ति मृत भेटिए

काठमाण्डौ । सोलुखुम्बु सदरमुकाम सल्लेरीको एउटा होटलमा एक ब्यक्ति मृत भेटिएका छन् ।

महाकुलुङ गाउँपालिका २ पेल्माङका अन्दाजी २७/२८ वर्षीय मिलन कुुलुङ आज (सोमबार) मृत भेटिएको प्रहरीले जनाएको छ ।

frontline

विगत ४ दिन देखि होटलमा बसेका कुलुङ बिहान १० बजे होटल भित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शव भेटिएको क्षेत्रलाई प्रहरीले निगरानी बढाएको छ ।

 मुत्युको कारण खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here