सल्यानमा १४ वर्षिया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

२४ असार, दाङ । सल्यानमा एक १४ वर्षिया बालिकामाथि सामूहिक बलात्कार भएको छ । कुमाख गाउँपालिका-१ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका नायव उपरिक्षक सुमित खड्काले बताए ।

frontline

उनका अनुसार असार २२ गते बुधबार राती ११ बजे बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएका थिए ।

बालिका आफ्नो घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिइन् । बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए ।

घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल सल्यान र जाजरकोटको सिमनामा भएकाले ओरोपीत दुई जना भागेर जाजारकोट पुगेको डिएसपी खड्काले बताए। आरोपीत दुईजनालाई जाजरकोट स्थित घरबाटै पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here