सल्यानमा अटो दुर्घटना, चालकको मृत्यु

१५ माघ, सल्यान । त्रिवेणी गाउँपालिकाको केन्द्र लुहामबाट टुनिबोट जाँदै गरेको रा १ ह ५०५२ नम्बरको अटो शनिबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका ५ मुलाबारीका ४४ वर्षीय टेकबहादुर बिकको मृत्यु भएको हो ।

frontline

अटो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बिकको उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लुहाम सल्यानका इन्चार्ज श्यामप्रकास यादवले बताए ।

अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने उनले बताएका थिए । उनका अनुसार दुर्घटनामा परेको अटो सडकदेखि सय मिटर तल खसेको छ ।

अटोमा चालक बिक मात्र सवार रहेका थिए । मृत्यु भएका चालकको जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here