सर्वोच्चबाट बालुवाटार जाँदै नयाँ गभर्नर

नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । केहीबेरअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नै कार्यकक्षमा पौडेललाई गभर्नरको शपथ दिलाएका हुन् । 

शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार निस्केका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा स्वागत कार्यक्रम राखिएको छ । आफ्ना केही धारणा राखेपछि पौडेलले गभर्नरको पद बहाली गर्ने कार्यसूची छ ।

frontline

‘नयाँ गभर्नरले एउटा टिप्पणी स्वीकृत गरेर पद बहाली गर्नुहुने छ,’ एक जना कार्यकारी निर्देशकले भने । गभर्नर बन्न नसकेकी डेपुटी निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी बमबहादुर मिश्र, अन्य कर्मचारीहरुले उनको स्वागत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here