सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो

फाइल तस्बिर

६ मंसिर, काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाइएको छ। सर्वोच्च परिसरमा हतियारसहित सुरक्षामा खटाइएका फ्रन्टलाइनका सुरक्षाकर्मी हटाइएको हाम्रा सहकर्मी प्रशान्त वलीले जानकारी दिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुले दंगा प्रहरी हटाउन माग गर्दै आएका थिए। उनीहरुले आफ्नो शान्तिपूर्ण आन्दोनमा प्रहरी हस्तक्षेप भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा समेत माग गरेका थिए।

frontline

धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी भएको थियो। सोही क्रममा कतिपय कानुन व्यवसायीहरु घाइते समेत भएका थिए। प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म धर्ना कायमै राख्ने कानुन व्यवसायीहरुले बताएका छन्। उनीहरुले दिनहुँजसो सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका छन्।

यसैक्रममा नेपाल बार एसोसिएसनले आज राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदैछन्। बारले संसद्‍मा रहेका सबै राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउन लागेको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै करिब ४ हप्तादेखि बार आन्दोलित छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here