सर्लाहीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर बिहीबार एकजना बालिकाको मृत्यु भएको छ ।

भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्सा टोल घर भई सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ मोहनपुर टोलस्थित मामा घर आएकी तीन वर्षीया बालिका मेहनाज खातुनको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

आमा सकिला खातुनसँगै स्थानीय सोगारथ रायको पोखरीमा गएकी उनको डुबेर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here