सर्लाहीमा चिसोले कठ्यांग्रिएर वृद्धाको मृत्यु

१३ पुस, काठमाडौं । सर्लाहीमा चिसोले कठ्यांग्रिएर एक वृद्धाको ज्यान गएको छ। बसबरिया गाउँपालिका–५, धनगढानिवासी ७९ वर्षीया श्रीपतिदेवी पासवानले चिसोका कारण ज्यान गुमाएकी हुन्। 

आगो ताप्नका लागि दाउरा लिन गएको अवस्थामा पासमान बाटोमा लडेर अचेत भएको परिवारले जनाएको छ। उनलाई तत्काल परिवारका सदस्यले अस्पताल लगेका थिए। अस्पताल लग्दैगर्दा बाटोमै उनको मृत्यु भएको उनका छोरा बच्चेलाल पासवानले बताए। 

frontline

लगाउन र ओढ्न न्यानो कपडा नभएपछि पासमान चिसो छल्न दाउराको जोहो गर्न बाहिर गएकी थिइन्। बाहिर गएको अवस्थामा चिसो कठ्यांग्रिएर उनी बाटोमै लडेको अवस्थामा फेला परेकी थिइन्। 

यस पहिला कुनै रोग नरहेकी आफ्नी आमा चिसोले कठ्यांग्रिएर ज्यान गएको छोरा बच्चेलालले बताए। वृद्धाको ज्यान जानुको कारणबारे बुझ्ने काम भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए। सर्लाहीमा वर्षेनी चिसोले कठ्यांग्रिएर विपन्न परिवारले ज्यान गुमाउनुपरेको छ। 

मंगलबारदेखि जिल्लामा अध्यधिक चिसो महसुस बढेको छ। चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो सुरु भएयता जिल्लामा तीनजनाको ज्यान गइसकेको छ।

तर, विपन्नलाई चिसोबाट जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको उनीहरूको गुनासो छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here