सर्लाहीमा कांग्रेस वडा अधिवेशन अनिश्चित

२७ कार्तिक, सर्लाही । निर्वाचन अधिकृतले राजीनामा दिएपछि शनिबारका लागि तय गरिएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको दबाब थेग्न नसक्दा राजीनामा दिएको जनाएका छन् ।

कार्की केही दिनअघि सर्लाही आइपुगेका थिए । शुक्रबार बिहान उनले इमेलमार्फत केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाउँदै त्यसको जानकारी जिल्लाका पार्टी सभापति नागेन्द्रकुमार रायलाई गराई काठमाडौं फर्केका छन् ।

frontline

कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै दुई पक्षबीचको विवादका कारण निर्वाचन गराउन गाह्रो परेकाले राजीनामा बुझाएको जानकारी दिए । जिल्ला सभापति राय प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्वजिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् । रायद्वय सभापतिका दाबेदार हुन् ।

उनीहरूबीच क्रियाशील सदस्यतादेखि नै विवाद चल्दै आएको थियो । पछि चुनावमा जाने सहमति बने पनि निर्वाचनको संघारमा उनीहरूबीच पुनः विवाद भएको हो । पूर्वसभापति लक्ष्मण रायले जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई स्वतन्त्र रूपले कामै गर्न नदिएको आरोप लगाए । जिल्ला सभापति नागेन्द्रकुमार रायले पूर्वसभापति रायकै कारण निर्वाचन अधिकृतले काम गर्ने वातावरण नपाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here