सर्पको डसाइबाट बालिकाको मत्यु

सप्तरी । सप्तरीमा सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका-२ हरिरबा निवासी सन्तोष यादवकी छोरी काजल रहेको प्रहरीले जनाएको छ ।

frontline

धारामा पानी खान जाने क्रममा बालिकालाई सर्पले डसेको प्रहरीको भनाइ छ ।

सर्पले डसे लगत्तै बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइको थियो ।

उपचारको क्रममा बालिकाकाो मृत्यु भएको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

poster-here