सरकार सबैतिरबाट असफल भएको अध्यक्ष ओलीको टिप्पणी !

फाइल फोटो

९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार पूरै असफल भइसकेको बताएका छन् । कोरोना महामारीको तेस्रो लहर फैलिरहेका बेला सरकार गैरजिम्मेवार समेत बनेको उनले आरोप लगाएका छन् ।

आइतबार एक वक्तव्य निकाल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकार सबै कोणबाट असफल भइसकेको बताएका हुन् । यसैकारण नागरिकहरुमा समेत सरकारप्रति निराशा र आक्रोश बढिरहेको उनको भनाइ छ ।

frontline

अहिले अर्थतन्त्रका हरेक सूचक समेत नकारात्मक रहेको ओलीले बताए । कोरोनाको नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको, उल्टै जनताका लागि ल्याइएको खोप हराएको समेत बताए ।

२४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै बताइरहेको भन्दै ओलीले त्यत्रो खोप कसले लुकायो या बेच्यो भन्ने प्रश्न गर्दै हिसाबकिताब समेत मागेका छन् ।

शुक्रबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका उपलब्धि सुनाउँदै राष्ट्रका नाममा सम्बोधन गरेका थिए । त्यसको जवाफस्वरुप ओलीले आज पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सुुनाउे कार्यक्रम थियो ।

तर ओली र उनकी पत्नी राधिकालाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित गर्दै उनले वक्तव्य जारी गरेका हुन् ।

ओलीले स्थानीय तहकाे निर्वाचन पर धकेल्न गठबन्धनका नेताहरू नै लागिपरेकाे र राजनीतिक अस्थिरता मच्चाउने खेल भइरहेकाे समे बताएका छन् ।

साथै बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणका आरोपीहरुको फाइल फिर्ता झिकाएर अभियुक्तहरुलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको आरोप समेत लगाएका छन् ।

हेर्नुस् वक्तव्यको पूरा पाठ-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here