समानुपातिक सांसद टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक जारी
२४ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले समानुपातिक सांसद टुंगो लगाउने बताइएको छ । कांग्रेसले समानुपातिकमा ३२ सिट पाएकाे छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका केही पदाधिकारी पनि सहभागी छन् ।
निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्