सभापति पदमा मेरो दाबी कायमै छ : प्रकाशमान सिंह

फाइल फोटो

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् ।

काठमाडौंको बानेश्वरमा बिहीबार बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् ।

frontline

कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको उनले बताए ।

कांग्रेसको संस्थापनइतर समूहमा सभापति पदका आकांक्षीहरुले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला सिंहको यस्तो भनाइ सार्वजनिक भएको हो ।

संस्थापनइतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् ।

शशांकले सहमति भए आफू पछि हट्ने बताएका छन् भने पौडेलले सिंह र शेखरबीच सहमति नभए सभापतिको रुपमा आफू अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here