सबैको सहकार्य र समन्वयमा कामगर्नेछु : निर्वाचित उपाध्यक्ष डिलु पराजुली

भर्खरैमात्र सम्पन्न एनआरएन अमेरिकाको अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित केन्टकीका डिलु पराजुलीले आफ्नो जितमा समस्त अमेरिकावासी नेपालीको साथ, सहयोग र समर्थन रहेको बताउँदै आगामी २ बर्ष प्रतिवद्ध भई सबैको सहकार्य र समन्वयमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
४ उपाध्यक्षको सिटमा डिलु पराजुलीले ५०९७ मत प्राप्त गरि तेश्रो स्थानमा विजय हाँसिल गरेपछि संचारकर्मीसंग अनौपचारिक कुराकानी गर्ने क्रममा निर्वाचित उपाध्यक्ष पराजुलीले अब अगाडीको बाटो अझ चुनौतीपुर्ण रहेकोले आम नेपालीका साझा मुद्धालाई समेटेर विवादरहित ढंगले काम गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । निर्वाचन पुर्व अमेरिकाका अधिकांस राज्यमा पुगेर आम नेपालीका भावना, समस्या र एनआरएनप्रतिको धारणा संकलन गरेका पराजुलीले च्याप्टर तहदेखि एनसिसि तहसम्मका साधारण तर अर्थपुर्ण काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

सन २०२१-२०२३ कार्यकालका लागि सदस्यतादेखि उम्मेदवारी हुँदै निर्वाचनसम्मका प्रक्रियामा हरदम साथ दिनुभएका अमेरिकावासी नेपालीलाई भित्री हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका पराजुलीले निर्वाचनका दौरान साथ समर्थन गर्नुहुने, इन्डोर्समेन्ट गर्नुहुने, सहयात्री उम्मेदवारहरु, मतदानमा उत्साहजनक सहभागिता जनाई चुनाव सम्पन्न गर्न बिशेष भुमिका बहन गर्नुहुने समस्त नेपाली, सामाजिक संघ संस्था, अधिकारकर्मी, संचारकर्मी, बुद्धिजिवी, अभियन्ताको बिश्वास र भरोसालाई सदैव उच्च सम्मान गर्ने बताए ।
निर्वाचनबाट आगामी कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंग हातमा हात साथमा साथ मिलाउँदै एनआरएन अमेरिकालाई समग्रमा आम नेपालीको साझा संस्था बनाउन केन्द्रित हुने पराजुलीको उद्धेश्य छ । संस्थागत रुपमा दिएको जिम्मेवारीलाई निष्ठापुर्वक बहन गर्ने अठोठसहित बिद्यमान सदस्यता वितरण, संगठन सुदृढीकरण, निर्वाचन प्रणाली र शसक्त च्याप्टर निर्माणका लागि अहोरात्र लागिपर्ने निर्वाचित उपाध्यक्ष डिलु पराजुलीले उल्लेख गरे ।

frontline

परिवारको दर्विलो साथ र ब्यबस्थित ब्यबसायका कारण समय ब्यबस्थापन गर्न सक्ने भएकोले डिलु पराजुलीबाट आम अमेरिकावासीले सुदृढ एनआरएनको आशा गरेका छन् । केन्टकी च्याप्टरका संस्थापक अध्यक्ष रहेर २ कार्यकाल नेतृत्व प्रदान गरेका डिलु पराजुली सामाजिक क्षेत्रमा आर्थिक, सामाजिक, भौतिक र नैतिक रुपमा सहयोग गर्दै आइरहेका एनआरएन अभियन्ता हुन् । नीति-नियम र संस्थागत आचरणलाई सर्वोपरि सोचेर काम गर्दै आएका पराजुलीले हालसम्म जे-जति गरेका छन सबै निस्वार्थ गर्ने गरेका उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here