सबै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारीमा जान श्रममन्त्री श्रेष्ठको सुझाव

२६ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सबै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव दिएका छन् ।

मंगलबार सिंहदरबारमा युएई गई अलपत्र परेर नेपाल फर्काइएकाहरुसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले राज्यका बिभिन्न निकाय र सम्बन्धित कम्पनीमा विषयमा बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव दिएका हुन् ।

frontline

भिजिट भिसा प्रयोग गर्नेहरु अलपत्र पर्ने क्रम बढेको भन्दै उनले यस क्षेत्रमा देखिएको बिकृतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

उनले युएईमा नै गएर नेपालीहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिने जानकारी दिए । उनले हजारौ नेपालीहरु अलपत्र परेको सूचना आएको भन्दै यस बिषयमा मन्त्रालय गम्भीर रहेको बताए ।

छलफलका क्रममा युएईबाट फर्केका पीडितहरुले म्यानपावरलाई भने बमोजिमको पैसा दिदा पनि आफूहरुलाई अलपत्र पारेको गुनासो गरेका थिए ।

युएईमा निकै कष्टकर रुपमा आफुहरुलाई राखिएको उनीहरुले बताए । उनीहरुले आफुहरुलाई अलपत्र पार्ने म्यानपावरलाई कडा कारवाही गर्न माग गरेका छन् ।

टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हो ।

युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here