सप्तकोसी बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा

फाइल तस्बिर

२९ साउन, काठमाडौं । सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्‍याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

frontline

यही साउन १८ गते बिहान सप्तकोसीमा बाढी आएपछि एउटा भंगालो कटान गरी बस्तीमा पसेको थियो । नदी गाउँमा पसेपछि उदयपुरको वेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र प्रभावित भएका थिए ।

सप्तकोसीले कटानबाट तटीय क्षेत्रका २० हजार बढी नागरिक प्रभावित भएका छन् । बर्खा नसकिएकोले तटीय क्षेत्रमा जोखिम कायम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here