सन्दीपले सुरू गरे कोरोना संक्रमितको उपचारका लागि कोष संकलन अभियान

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले कोरोना संक्रमितको उपचारका लागि कोष संकलन अभियान सुरू गरेका छन्।

सन्दीपले सोमबार सामाजिक सञ्जालमार्फत कोष अभियान सुरू गरेको बताएका छन्।

frontline

उनले कोभिड-१९ का बिरामी बढिरहेको अवस्थामा देश अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गरेका छन्।

हजारौं बिरामीले बेड, आसियू, भेन्टिलेटर र अक्सिजनको अभावमा ज्यान गुमाएकाले सहयोग गर्न अपील गरेका छन्।

उनले संकलित रकमको परादर्शी हुने बताएका छन्। संकलित रकम स्थनीय सरकारसँग समन्वय गर्दै प्राथमिकताका आधारमा सहयोग गर्ने पनि जनाएका छन्।

उनले ‘टिम सन्दीप’ को नाममा ३ लाख रुपैयाँ सहयोग गर्ने पनि घोषणा गरेका छन्।

सहयोग गर्न चाहानेले सन्दीप लामिछानेको नाममा रहेको सेन्चुरी बैंकको खातामा रकम जम्मा गर्ने सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here