सदीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति
२७ असोज, काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सदीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
२० असोजमा पक्राउ परेका लामिछानेलाई आज थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।
यसअघि अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको दिएको थियो ।
अनुुसन्धाननका लागि प्रहरीले ७ दिनको म्याद मागेको थियो । तर अदालतले उनलाई पाँच दिनको मात्रै अनुमति दिएको हो ।
उता सन्दीप लामिछानेको वकिलहरुले भने प्रहरीले मागेको ७ दिन म्याद लामो हुने तर्क गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्