सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो
२७ असोज, काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज पुनः सघन उपचार कक्ष आईसीयूमा राखिएको छ ।
असोज ७ गते ललितपुरको किष्ट अस्पताल भर्ना भएका जोशीलाई बुधवार स्वास्थ्य अवस्था केही सुधार भएपछि आईसीयूबाट क्याविनमा राखिएको थियो । तर, आज अक्सिजन स्याचुरेसन कम भएपछि उनलाई पुनः आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।
जोशीलाई बुधबार ३ लिटर प्रतिमिनेट मात्रै अक्सिजन दिइएकोमा आज सो मात्रा बढाएर ३० लिटर दिनुपरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जोशीई निमोनिया र मुटुको समस्या एट्रियल फ्रिबिलेसन देखिएकाले एन्टिबायोटिक दिइरहेको पनि अस्पतालले जनाएको छ ।
पछिल्लो समय डेंगी संक्रमण भएर अस्पताल भर्ना भएका उनको २० दिनदेखि किष्टमा उपचार जारी छ ।
प्रतिक्रिया दिनुहोस्