सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै

फाइल तस्बिर

२४ भदौ, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

शुक्रबारको बैठकले सिट बाँडफाँटबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

frontline

बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरु बीचमा सिट बाँडफाँटमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुलाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो ।

शुक्रबारको सत्ता गठबन्धनको बैठकले कार्यदललको बुझाएको प्रतिवेदनको अध्ययन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here