सत्ता गठबन्धनले आज कर्णाली र सुदूरपश्चिममा चुनावी कार्यक्रम गर्दै

६ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनले आज (आइतबार) कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी कार्यक्रम गर्ने भएकाे छ ।

आइतबार बिहान ११ बजेदेखि सुदूरपश्चिमको धनगढीमा र दिउँसो २ बजेदेखि कर्णालीको सुर्खेतमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएकाे हाे । दुवै कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी हुँदैछन् ।

frontline

गत शुक्रबारदेखि गठबन्धनले कार्यकर्ता प्रशिक्षणको नाममा चुनावी दौडाह सुरु गरेको हो । शुक्रबार पोखरा र बुटवलमा कार्यक्रम गरिएको थियो । शनिबार मधेश प्रदेश र प्रदेश-१ मा कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here