सत्ता गठबन्धनमा हालसम्म १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगियो

१३ असोज, काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ ।

केही क्षेत्रमा मात्रै गठबन्धनले टिकटको भागबन्डा टुंग्याउन बाँकी रहेको छ । हालसम्म १५७ निर्वाचन क्षेत्रको भागबन्डा टुंगिएको छ ।

frontline

जसअनुसार नेपाली कांग्रेसले ८५ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४१ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । त्यस्तै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले १७ सिट पाउने सहमति गरिएको छ ।

त्यस्तै जनता समाजवादी पार्टीले १२ निर्वाचन क्षेत्र, जनमोर्चाले २ निर्वाचन क्षेत्र पाउने सहमति गरिएको कार्यदल स्रोतले जनाएको छ ।

केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here