सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवासमा बस्दै

फाइल तस्बिर

५ असार, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिका लागि निर्धारणका लागि सत्ता साझेदार दलहरुको बैठक बसिरहेको हो ।

बालुवाटार स्रोतका अनुसार विहान ११ बजेबाटै बैठक बसिरहेको हो । बैठकमा अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)को विषयमा पनि छलफल हुने जनाइएको छ ।

frontline

यसअघिको सत्ता गठबन्धनको बैठकमा प्रधानमनत्री शेरबहादुर देउवाले एसपीपी सम्झौता नगर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिक भ्रमणबारे पनि छलफल हुने जनाइएको छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here