सत्ता गठबन्धन बैठक आजपनि निष्कर्षबिहीन

९ पुस, काठमाडौं । सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शनिवार अपराह्न बसेको बैठकमा सहमति नजुटेपछि निष्कर्षबिहीन भएको हो । 

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए । त्यस्तै शनिवारकाे बैठकमा दोस्रो तहका पनि केही नेताहरू सहभागी भएका थिए ।

frontline

शनिवारको बैठकमा पनि मुख्यगरी प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी कायम राखेकाले सहमति नभएको बताइएको छ । आजको बैठकमा सहमति नभएकाले भोलि (आइतवार) पुनः छलफल गर्ने गरी आजको बैठक सकिएको एक नेताले बताए ।

सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय भोलि (पुस १० गते) अपरान्ह ५ बजे सकिँदैछ । त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पु¥याएर राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुपर्ने भएकाले सत्तारुढ दलले छलफललाई तीव्र बनाएका छन् । 

सत्ता गठबन्धनमा सरकारको नेतृत्वको विषयमा सहमति कायम हुन सकेको छैन । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

दुवै दलले प्रधानमन्त्रीमा दाबी गरेकाले सहमति कायम हुन नसकेको हो । सत्ता गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने बारेमा पनि छलफल भइरहेको छ । यद्यपि ठोस निष्कर्षमा पुग्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here