सडकमा उत्रिएर सहकारी पीडित
पोखरामा रहेका विभिन्न ६ वटा सहकारी पीडितले सोमबार पोखरामा प्रदर्शन गरेका छन्।
सर्वसाधारणले बचत राखेको रकम हिनामिना गर्ने विभिन्न ६ वटा सहकारी संस्थाका बचतकर्ताले पहिलो चरणका आन्दोलनस्वरूप प्रदर्शन गरेका हुन्।
पोखराको गैह्रापाटनमा भेला भएका सहकारी पीडितले पोखरा महानगरका मेयर धनराज आचार्य, कास्कीका सिडिओ वासुदेव घिमिरे र प्रहरी प्रमुख एसपी मोहन थापालाई ज्ञापनपत्र समेत बुझाएको कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।
‘हामीले सडकमै बोलाएर मेयर, सिडिओ र एसपीलाई बोलाएर ज्ञापनपत्र बुझायौं छौं,’ उनले भने, ‘अब पनि हाम्रो बचत फिर्ता हुँदैन भने कडा स्वरूपमा आन्दोलनमा उत्रनेछौं।’
सहरकारीमा राखेको बचत अपचलन भएको २ वर्षभन्दा बढी समय बित्दासमेत सरकार र सम्बन्धित निकायले चासो नदिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्